![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-02-01-at-5.34.34-PM-1.jpeg?fit=720%2C466&ssl=1)
धनगढी । स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-02-01-at-5.34.37-PM-2-512x768.jpeg?resize=468%2C702&ssl=1)
टस जितेर पहिले ब्याटिङ गरेको स्टेपिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०९ रन बनाएको थियो । स्टेपिङका लागि किरण धामीले सर्बाधिक ३४ रन बनाए । २३ बलमा उनले ७ चौका प्रहार गरे ।
यस्तै अभिशेक खड्काले २६ बलमा २३ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । त्यसबाहेक समिर कुँवरले ५ बलमा २ चौकासहित १० रन जोडे ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-02-01-at-5.34.39-PM-512x768.jpeg?resize=512%2C768&ssl=1)
बलिङतर्फ लिटिल फ्लवारका कुशल धामीले ३ तथा आर्यन धनपाली र किरण धामीले समान २–२ विकेट लिए ।
जवाफमा लिटिल फ्लवारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रनमात्रै बनाउँन सक्यो । उसका आशिष साहुले २९, सुबोध तिवारीले १३ तथा आरिस बोहराले १२ रन जोडे । स्टेपिङका अनुराग सिंहले ३ तथा सचिन भट्टले २ विकेट लिए ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-02-01-at-5.34.38-PM-1-512x768.jpeg?resize=512%2C768&ssl=1)
प्रतियोगिताको विजेता स्टेपिङले ५० हजार नगद पायो भने उपविजेता लिटिल फ्लवारले ३० हजार पायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टेपिङका कुशल धामी चुनिए । उनले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्ति पाए ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-02-01-at-5.34.38-PM-512x768.jpeg?resize=512%2C768&ssl=1)
यस्तै उत्कृष्ट ब्याटर लिटिल फ्लवारका अनुराग सिंह चुनिए । उनले ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाए । उत्कृष्ट बलर लिटल फ्लवारकै सचिन भट्ट चुनिए । उनले पनि ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाए । उदीयमान खेलाडीको अवार्ड पनि लिटिल फ्लवारकै रोशन रावलले पाए । उनले क्रिकेट शुज पाए ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-02-01-at-5.34.35-PM-768x512.jpeg?resize=720%2C480&ssl=1)