महानायक राजेश हमाल बुढानिलकण्ठ नगरपालिका निवासी बन्दै



काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रमा महानायकअभिनेता राजेश हमाल बुढानीलकण्ठ नगरपालिकाको निवासी भएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा घर बनाउने प्रक्रियामा रहेका हमाल बुधवार घर बनाउने स्विकृत र नक्सा पासको कागजात लिनका लागि नगरपालिका कार्यालयमा पुगेका छन।

नगरपालिका बडापत्रमा उल्लेख गरिएका सबै आवश्यक कागजात सहित नगरपालिका पुगेका हमालले समयमै घरको नक्सापास गरिदिएकोमा नगरपालिका धन्यवाद दिएका थिए।

प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले राजेश हमाललाई कागजात हस्तान्तरण गर्दै घर बनाउन बुढानीलकण्ठनै रोजेकोमा धन्यबाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्