४ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । दिनभरको उतारचढावपछि सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार ४.९७ अंकले बढेको बजार २११६.६५ बिन्दुमा रोकिएको छ ।

शून्य दशमलव २४ प्रतिशतले बढेको बजारमा २६१ धितोपत्रको ३६ हजार ८७९ वटा कारोबारबाट ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने खस्किएको छ । कुल १ अर्ब ७६ करोड ७० लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्