
काठमाडौँ । शुभम् पावर लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलागरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८८२ कित्ता आईपीओ ओसर्वसाधारणहरुका लागी निष्काशन गरेको हो । यस कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो ।
सोमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरिसकेको छ र २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरीएके छ । कम्पनीले कर्मचारीहरुका लागि ११ हाजर ६१० कित्ता छुट्याइएको छ ।