
काठमाण्डौ । पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड) २०२३ को मनोनयन सार्वजनिक भएको छ ।
निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रधामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताएका छन् ।
कार्यक्रमको समापन एक भव्य समारोहको विच फाल्गुनको दोश्रो साता हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले वताएका छन् ।





