नेसनल युनाइटेडमा वार्षिक खेलकुद कार्यक्रम जारी



काठमाडौं । हात्तीगौंडा स्थित नेसनल युनाइटेड स्कुलमा यही मिति २०७९ माघ १६ गते सोमबार “सँगै उत्कृष्टता हासिल गरौं ” भन्ने मुल नाराका साथ शुरु भएको वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०२३ दोस्रो दिन पनि जारी रह्यो ।

हरेक वर्ष सहिद दिवसको अवसर पारेर आयोजना गरिँदै आएको कार्यक्रमको दोस्रो दिन फुटसल, ब्याडमिन्टन, बुद्धिचाल, कराते, टग अफ वार, क्यारम बोर्ड लगायत १८ वटा स्पर्धाका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।

दोस्रो दिन सम्पन्न फुटसल तर्फको सिनियर ब्वाइजको फाइनलमा ग्रिन हाउस तथा सिनियर गल्र्सतर्फ ब्लृ् हाउस आ–आफ्ना प्रतिस्पर्धीमाथि समान २–० को जित निकाल्दै विजेता बने । त्यसैगरी जुनियर ब्वाइज तर्फ यल्लो हाउस तथा जुनियर गल्र्स तर्फ ब्लू हाउसको टिम विजेता बन्न सफल रहे ।

कार्यक्रममा रोड रेस लगायत बाँकी रहेका स्पर्धाहरु यहि माघ १८ गते बुधवार सम्पन्न हुने छन् भने विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफीद्धारा पुरस्कृत गरिने आयोजक विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्