राखेपद्धारा शहीदप्रति श्रद्धाञ्जली



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शहीद दिवसका अवसरमा सोमबार कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको शहीद दशरथ चन्दको शालिक रहेको स्थानमा कार्यक्रम भएको थियो ।

राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले शहीद चन्दको शालिकमा पुष्पगुच्छा चढाईं श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअघि ज्ञात अज्ञात शहीदको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्