अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै



काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार दुई दिने भ्रमणका लागि नेपाल आउँदैछिन् ।

नेपालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो ।

उपमन्त्री नुल्याण्डले २८ जनवरीदेखि ३ फेब्रुअरीसम्म दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सोही क्रममा उनी आइतबार नेपाल आइपुग्ने कार्यतालिका छन् ।

प्रतिक्रिया दिनुहोस्