रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाने तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः नागरिकता लिने प्रक्रिया सुरु गर्दैछन् ।

आज उनी जिल्ला प्रशासन कार्यालय गएर नागरिकता लिने प्रक्रिया सुरु गर्ने तयारी भएको सो पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः प्रक्रिया सुरु गर्न लागेका हुन् ।

उनले अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पुरानै नागरिकताअनुसार कामकारवाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

प्रतिक्रिया दिनुहोस्