कोरोना-बाढीपहिरो बहाना मात्रै, तातोपानी नाका बन्द हुनुको कारण अरुनै



सिन्धुपाल्चोक । भोटेकोसी गाउँ पालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पाले कोरोना–बाढीपहिरो बहाना मात्रै भएको र तातोपानी नाका नखुल्नुको अरुनै कारण भएको बताएका छन । भन्सार कार्यालयले आज ७१ औं भन्सार दिवसको अवसरमा अध्यक्ष शेर्पाले सो कुरा बताएका हुन् ।

यो वर्ष Nurturing the next generation promoting a culture of knowledge- sharing and professional pride in customs भन्ने नारा तय गरेर विभिन्न कार्यक्रम गर्दै तातोपानी भन्सार कार्यालयमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ्ग नोर्बु शेर्पाले नाका संचालनमा सबै केन्दृत हुन पर्ने र सबै सरोकार वाला निकायका पदाधिकारीको चासोको बिषय हुन पर्ने बताएका छन। विभिन्न निकायमा ज्ञापनपत्र बुझाएर मात्रै तातोपानी नाका नखुल्ने बताएका छन ।

आफुले चीनका राजदुत सङ्ग पनि कुरा गरेको , चाइनाको नयाँ वर्ष सकिने बित्तिकै चाइनाले नेपालका सरोकारवाला निकायहरुलाइ बोलाउने भनेको जानकारी दिदै त्यस बैठकको तयारी गर्न पर्नि,आफ्नो योजनाहरु तय गर्न पर्नि, संघ संस्थाका प्रतिनिधि पनि राम्रोसँग लाग्न पर्ने,जिम्मेवार व्यक्तिले बोल्दा सोचबिचार गरेर तथ्यमा आधारित रहेर मात्रै बोल्न पनि अनुरोध गरेका छन ।

साथै अध्यक्ष शेर्पाले मजदुरहरुलाइ ब्यापारीबाट थिचोमिचो गरेको गुनासो आएकोले सच्याउन अनुरोध गर्दै मजदुर दिवसको दिन मजदुरको हकहितको निम्ति केहि काम गर्न पर्ने र गाउँपालिकाबाट आफुले गर्न पर्ने काम गर्न तयार रहेको ओअनि उनले बताए ।

आफुले पाएको सुचना अनुसार नाका खुल्न केहि समयलाग्ने बताएका छन कोरोना बाढीपहिरो भन्ने कुरा देखाउने मात्रै भएको र भित्री कुरा अरुनै भएको बताएका छन । कार्यक्रमका अध्यक्ष तथा प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बिश्वमा एकसय ८४ राष्ट्रले अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरेको जानकारी दिएका छन । सन १९५२ बाट अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउन थालिएको, world customs organizationले राष्ट्र तथा सामाजिक सुरक्षा गर्ने , ल्याउन पाउने सामान मात्रै ल्याउन दिने र उपयुक्त राजस्व संकलन गर्ने आदि काम भन्सारको रहेकोले त्यहि अनुसार आफ्नो कार्यक्षेत्रमा लाग्ने पनि बताए ।

भन्सार पारदर्शी हुनपर्ने, यो क्षेत्रको सामाजिक तथा पुर्वाधारका काममा पनि ध्यान दिन पर्नि, यो वर्ष राजस्व संकलन र ब्यापारको सहजीकरणमा निकै चुनौती रहेको बतएका छन । चालु आर्थिक वर्षको ६ महिनामा तातोपानी भन्सारले लक्ष्यको ६३५ मात्रै उठाउन सकेको , देशभर बाट ५३५ मात्रै राजस्व उठेको पनि प्रमुख भन्सार अधिकृत केसीले जानकारी गराए । यो ४८ वर्षदेखिको कमजोर अवस्था रहेको उनको भनाइ थियो । सरकारले गतवर्षको जति राजस्व जसरी पनि उठाउन निर्देशन गरेको पनि केसीले बताए ।

शुभकामना मन्तव्य राख्ने क्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका महासचिव शम्भु बहादुर तिमल्सिनाले सामाजिक दायित्व पनि भन्सारको रहेको छ बाटर सिस्टम (सामान साटासाट गरेर गरिने ब्यापार) देखि तातोपानी भन्सारको जानकारी भएको र अहिले भने ब्यापार पनि पुस्तान्तण भएको बताए। सिन्धुपाल्चोक उद्योगधन्दा कलकारखाना नभएको ,कृषि उत्पादन कम भएकोले सिन्धुपाल्चोकको यस क्षेत्रको लागि ब्यापार धेरै महत्त्वपूर्ण भएको बताएका छन ।

नेपाल हिमालय सीमापार बाणिज्य सङ्गका उपाध्यक्ष सुजित बस्नेत तातोपानी नाका खोल्न अनुरोध गर्दै आफुहरु सबै ठाँउमा पुगेको बताएका छन । उनले रसुवाबाट हप्ताको एकदिन निर्यात पनि गर्ने भएको गरेको पनि जानकारी गराए । सिल्क ट्रान्स्पोर्टका अध्यक्ष रमेश शेर्पाले यस अघिकै रूपमा तातोपानी नाका खुल्ने बिश्वास गरेको र भन्सारमा पनि अझै सहजता होला भन्ने आश गरेको बताए ।

भोटेकोसी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कुमार श्रेष्ठले जनताकोलागि तातोपानी भन्सार हुन पर्ने, धेरै मानिस बिदेशिएको, नाका खुलेमा बिदेशिने क्रम रोकिने, मजदुरहरुको पनि गुनासो धेरै आएको मजदुरको समस्या समाधान गर्न आग्रह गरेका छन ।

त्यसैगरी भोटेकोसी गाउँ पालिका वडा नम्बर ३ का अध्यक्ष निमासोना शेर्पा भूकम्प कोरोनापछि दयनीय अवस्था रहेको , ब्यापारीहरु सङ्ग संस्था मा बसेर पहल गर्ने भन्ने तर काममा भने भनेअनुसार नलाग्ने गरेको, कार्यक्रमको कार्यतालिका नै बनाएर लाग्न पर्ने, ब्यापारी र कर्मचारीहरुले आयत मात्रै भएको निर्यात हुन नसकेको बारेमा बुझ्न पर्ने, सुरक्षाको ग्यारेन्टी गरेर भनेपनि नाका खोल्न पर्नि बताएका छन । मजदुरको तर्फबाट रविन्द्र पौडेल , ट्रक कन्टेनरको तर्फबाट अर्जुन सापकोटा आदिले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्