रोजगारीको सुनिश्चिततासहित निःशुल्क तालिम हुने



काठमाडौं । भक्तपुरमा रोजगारीको सुनिश्चितसहितको निःशुल्क तालिम सञ्चालन हुने भएको छ । इको प्यानल जडान सम्वन्धी दुईदिने निःशुल्क तालिम सञ्चालन हुन लागेको हो । तालिम माघ १९ र २० गते हुने जनाइएको छ । नेपाल इको प्यानल प्रालिले तालिम सञ्चालन गर्न लागेको हो । निःशुल्क तालिमपश्चात् रोजगारीको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

इको प्यानल नेपाल प्रालिका जनरल म्यानेजर विक्रम गोसाईले इको प्यानल जडान सम्वन्धी तालिम हुन लागेको जनाए । दुई दिनको तालिमपछि नै इको प्यानल जडान गर्न सकिने उनले जनाए । जडान गर्न जानिएपछि रोजगारीको सुनिश्चिता रहेको उनले सुनाए ।

छिटो, छरिटो र गुणस्तीयर निर्माणका लागि इको प्यानलको प्रयोग गरिन्छ । इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । तालिम लिन इच्छुकहरुले कम्पनीको कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरस्थित (डा इवामुरा अस्पालको अपोजिट) मा सम्पर्क गर्न सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्