नेपाली मुक्केबाजहरु बिजय बाटा र त्रिशा जवेगु सेमिफाइनलमा सिमित



काठमाडौं । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज बिजय बाटा र त्रिशा जवेगु पराजित भएकाछन् ।

महिला तर्फ ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसंग जनवरी २२ तारिखमा अंकको आधारमा र पुरुष ८६ केजी तौल समुहका नेपाली मुक्केबाज बिजय बाटा जनवरी २३ मा ईन्डोनेशियन मुक्केबाज मोसकिता माईकलसंग सेमिफाईनल खेलमा आरएसीको आधारमा पराजित भएकाछन् ।

४८ किलो तौल समुहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी)को आधारमा पराजित गर्दै नेपाली मुक्केबाज सुस्मा तामाङ फाईनल प्रबेश गरेकी छिन् । तामाङले क्वाटर फाईनलमा भेतनामकी क्यूनहानलाई ५ः० अंकको आधारमा जित हासिल गरेकी थिईन् ।

नेपालले एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन काँस्य पदक जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्