बूढानिलकण्ठ–१२ वडा कार्यालय र मेलम्ची आयोजनाका प्रतिनिधिबीच छलफल



काठमाडौं । बूढानिलकण्ठ–१२ मा वडा कार्यालय र मेलम्ची आयोजनाका प्रतिनिधिबीच छलफल भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तारमा ढिलाई तथा समस्याहरु देखिएपछि वडा नं १२ कार्यालयको आयोजनामा छलफल भएको हो ।

माघ ११ गते वडा नं १२ को कार्यालयमा भएको छलफलमा वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई,नगर कार्यपालिका सदस्य तथा वडा नं १२ की सदस्य शान्ता ढकाल पुडासैनी, वडा सदस्य मीना बयलकोटी,आयोजनाका साइट इन्जिनियर मुकेश कुमार यादव ,योजनाका जनसम्पर्क अधिकृत मोहन प्रसाद आचार्य सहित वडा नं १२ का विभिन्न टोलविकास समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

सो छलफलमा आगामी दिनमा टोल विकास संस्थाहरु संगको समन्वयमा पाइपलाइन विस्तार गर्नुपर्ने तथा एउटा टोलमा निर्माण सम्पन्न भएपछि मात्र अर्को टोलमा काम शुरु गर्ने बारेमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्