शुभम पावर लिमिटेडले आइपिओ खुला गर्दै



काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपिओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशले हुनआउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिसकेको र ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ । यसैगरी ११ हजार ६१० कित्ता कर्मचारीहरूका लागी छुट्याएको छ।

यस कम्पनीमा आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतममा ५ हजार कित्ताका लागिसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्