प्रशान्ती एकेडेमी तथा अध्यक्ष मुरारी भण्डारीको संयुक्त पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण



काठमाडौं । काठमाडौ बूढानिलकण्ठ–१२ मा रहेको प्रशान्ती एकेडेमी तथा सो सस्थाको अध्यक्ष मुरारी प्रसाद भण्डारीको संयुक्त पहलमा श्री आधारभूत विद्यालय बाह्रबिसे, ठूलढुङ्गामा कक्षा–६ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल विशिष्ट अतिथि बैकुण्ठ लाल पहाडि ५ नं वडा अध्यक्ष अतिथिहरु प्रशान्ती एकेडेमीको अध्यक्ष मुरारी प्रसाद भण्डारी, प्रीन्सिपल समीर बास्तोला, निर्देशक कुमार कसजु श्रेष्ठ, समाजसेवी र सम्पुर्ण विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा वितरण गरिएको हो ।

वडा अध्यक्ष बैकुण्ठ लाल पहाडिले यस्तो खालको सहयोगले विद्यालयको स्तर वृद्धि तथा गरिब जनताको घर दैलो तथा विद्यार्थीहरुको मुहारमा चमक ल्याउने बिचार ब्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर मिलेर सहकार्य गर्ने प्रतिवद्धता गरे ।

प्रमुख अतिथी राजु बरालले भने, “यो सहयोग निरन्तर अगाडि बढिरहोस बिगतको बर्षमा पनि सोल्पा सालघारी महादेवडाडा तहा विभिन्न वडामा सहयोग गर्दै आज ठुलाढुङ्गामा यो सहयोग गर्नु भएकोमा मुरारी जि तथा सम्पुर्ण सहयोगी मनलाई धन्यवाद दिन्छु ।”

उनले अबको सहकार्य क्वालिटी शिक्षा तर्फ सहयोग गरिदिन अनुरोध गर्दै हातेमालो गर्न अनुरोध समेत गरे ।

प्रशान्ती एकेडेमीका प्रीन्सिपल समीर बास्तोलाले प्रशान्ती एकेडेमीले स्तरीय शिक्षा तथा ब्यबहारिक शिक्षा शैक्षिक सामग्री बितरण कार्य निरन्तर सहयोग जारी रहने धारणा राख्दै अवसरको लागि धन्यवाद दिए ।

निर्देशक कुमार कसजुले अबको यात्रा सामाजिक सेवामा समर्पित गरेको धारणा राख्दै सहयोग निरन्तर रहने समेत प्रतिबद्धता जनाए । त्यस्तै गरि अध्यक्ष मुरारिप्रसाद भण्डारीले भने, अरुमाथि दया राख्नुपर्छ , प्रेमभाव राख्नुपर्छ । कुनै दुखी, गरिब, असाह्य, असक्षमलाई हार्दिक मनले सहयोग गरौं र गर्नु पर्छ। यस किसिमको सहयोगी भावनाले खुसी दिलाउँछ । उनले थपे, यस्ता कर्मले हामी मानवलाई मुस्कुराउन मद्धत गर्दछ र समाजमा सामाजिक सेवा भाव वृद्धि हुन्छ ।

उनले सिन्धुली फिक्कल वडा न. ५ को विद्यालय श्री आधारभुत बिद्यालय ठुलढुङ्गा बार्हबिसे स्कुलमा केही सहयोग गर्ने अवसर मिलेकोमा फिक्कल गाउँपालिका परिवार अध्यक्ष पार्बती सुनुवार उपाध्यक्ष राजु बराल वडा अध्यक्ष बैकुण्ठ पहाडी बिद्यालय प्रधानाध्यापक कुसल पहाडी लगायत सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा अझ बलियो कसिलो गरि अगाडि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्