बूढानीलकण्ठ नगरपालिकाले संयुक्त ल्होसार पर्व कार्यक्रम गर्ने



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सोनाम ल्होसारको अवसर पारेर भव्य कार्यक्रम आयोजना गरेर नगरभित्र बसोबास गर्ने तामाङ, ह्योल्मो र सम्बन्धित अन्य जातिहरूको ल्होसार पर्वलाई संयुक्त रूपमा साझा साँस्कृतिक पर्व स्वरुप मनाउन लागेको छ।

साँस्कृतिक पर्व अवसर पारेर नेपाली चाड, पर्व तथा संस्कार–सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले आयोजना गर्नलागेको ल्होसार विशेष कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकि सहित नगर स्तरीय र उत्कृष्ट कार्यक्रम हुने नगर प्रवक्ता नवराज भट्टराईको नेतृत्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईएको छ।

उक्त कार्यक्रम व्यवस्थापन गर्न उपप्रमुखको संयोजक्तवमा १५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ। जस अन्तर्गत वडा नं ०५ का दोर्जे लामाको संयोजकत्वमा ८ उपसमिति गठन गरिएको छ।

माघ ८ गते (आईतवार) बिहान नगरका विभिन्न स्थानमा जम्मा भई र्‍यालीसहित वडा नं८ स्थित गोल्फुटार बास्केटबल मैदानमा भेलाभइ ल्होसार पर्व भव्यरुपमा मनाउने संयोजक अनिता लामाले बताइन्।

कार्यक्रममा नगरपालिकाका विभिन्न वडाहरुमा बसोबास गर्ने विभिन्न जातिय्धार्मीक समुदायबाट मौलिक कला, सँस्कृति तथा भेषभुसाहरु प्रदर्शन गरिने उपप्रमुख तथा संयोजक लामाले जानकारी दिएकी छन्। कार्यक्रम स्थलमा स्थानीय सँस्कृति झल्काउने किसिमका खानेकुराका स्टल, मनोरञ्जनका सामाग्री एवं कला प्रदर्शनीका गर्नका लागि मञ्च बनाईने पनि उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्