नवनिर्वाचित सभामुख घिमिरेले लिए शपथ



काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनले शपथ लिएका हुन् । घिमिरेलाई राष्ट्रपती विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै उनले मध्यान्ह १२ बजेर १० मिनेटमा लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने र साढे १२ बजे पदबहाली गर्ने जानकारी उनको सचिवालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्