संघीय सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित



काठमाडौं । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे मुलुकको संघीय सभामुखमा निर्वाचित भएका छन् ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका छन् ।

सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत प‍रेको थियो । त्यस्तै प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

यो पनि पढ्नुहोस्

त्याग र ईमानका पर्याय एमाले नेता देवराज घिमिरे सभामुख बन्दै

नेकपा एमालेको उपाध्यक्षका प्रभावशाली दाबेदार देवराज घिमिरेको जीवनकथा (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्