साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण



काठमाण्डौ । साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पा र संस्थापक निमा शेर्पाको प्रायोजनमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङले शिक्षाको उज्यालो सबैभन्दा महत्वपूर्ण रहेको बताउदै शिक्षाको उज्यालो छर्ने अभियानमा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीलाई धन्यवाद समेत दिएका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक निमा शेर्पाले उज्यालो नेपाल बनाउने कार्यकारी निर्देशकलाई धन्यवाद दिदै आफुले धेरै पैसा भएर वा अभिभावकहरुले नसकेर पोशाक वितरण नगरिएको बताउदै साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी विशुद्द शैक्षिक विकासका लागि समर्पित रहेको धारणा राखेका थिए।

विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पाको अध्यक्षता रहेको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, पत्रकार मुकुन्द ढुंगाना, अजिज फाउन्डेसनकी अध्यक्ष सर्कि शेर्पा, कपन प्रहरी प्रभाग प्रमुख कृष्णा बस्याल, वडा नं ११ का सदस्य राजेन्द्र अधिकारी ,समर गुरुङ,गंगा परियार ,समाजसेवी शिव श्रेष्ठ,पत्रकार पुन्यराज पुडासैनी र अभिभावकहरुसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा नं ११ का अध्यक्ष राजु अधिकारीले यस विद्यालयले राम्रो काम गदै आएकोमा वडाले सक्ने सहयोग विद्यालयलार्इ गदै आइरहेको बताउँदैं ढुक्कसंग अभिभावकहरुलाइ यस विद्यालयमा बालबालिकालाइ पढाउन आग्रह गरे ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पाले उज्यालो नेपाल बनाउने कार्यकारी निर्देशकलाई देशले मात्र नभएर विश्वले नै चिनेको दाबी गदै आजको प्रमुख अतिथिमा उहालाइ पाउदा खसि लागेको बताए । ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गर्न पाउदा अत्यन्तै खुसि लागेको बताउदै यस विद्यालयले प्ल्स २ को समेत स्विकृत पाइसकेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्