लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत



दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत पाएका छन् ।

बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रको गरी ५७ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २८ मत परेको छ । नेपाली कांग्रेस र जनमोर्चाले गिरीलाई विश्वासको मत दिएनन् ।

प्रतिक्रिया दिनुहोस्