प्रतिनिधिसभाको बैठकमा सभामुखका लागि चयन प्रकिया चल्दै



काठमाडौँ । प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया चलिरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा आज सभामुख चयनका लागि मतदानको कार्यसूची छ ।

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई प्रस्ताव गर्दा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्