राष्ट्रपति भण्डारीको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न



काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन गरिएको रारा राष्ट्रिय म्यूजिक अवार्ड–२०७९ भव्यताको साथ् समपन्न भएको छ ।

समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो । विशिष्ट सङ्गीतकाररगायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायकरसङ्गीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भएका छन् ।

कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रा.लि.द्वारा आयोजित उक्त कार्यक्रममा विबिध मौलिक प्रस्तुतिहरूको साथै गीत सङ्गीतका ४७ विधाका विजेताहरूलाई अवार्ड प्रदान गरिएको अवार्ड कार्यक्रमका अध्यक्ष पदम रोकायले गराएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मौलिक कला संस्कृती र कलाकारहरू प्रती सधैं सम्मान तथा सहयोग रहने बताउनुका साथै कार्यक्रम आयोजकलाई विशेष धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्