उपमहासचिव पुनको कलेजो प्रत्यारोपण गरिँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा.डा.युवराज शर्माका अनुसार पुनको कलेजोले ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले कलेजो प्रत्यारोपण नै गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्