प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह मंगलबारदेखि सुरु



काठमाडौं । प्रशान्ति एकेडेमी मा खेलकुद सप्ताह २०७९ माघ ३ गते मंगलबारदेखी सुरु भएको छ।

विद्यालयले बुनपा १२ अध्यक्ष शम्भु प्रसाद भट्टराई तथा बिभिन्न क्षेत्रका व्याक्तित्वहरुको आतिथ्यतामा औपचारिक उद्घाटन गरेको थियो । विविध सास्कृतिक कार्यक्रम, मार्च पास तथा अन्य गतिविधिहरु सहित उद्घाटन कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिहरुले रेफ्रि , खोल शिक्षक तथा प्रतियोगी भाइ वहीनीहरुलाई खेल सामाग्रि लगायत झन्डाहरु प्रदान गरेका थिए।

सो खेलकुद सप्ताह माघ ७ गते शनिबार सम्म संचालन हुनेछ।खेलकुद सप्ताहमा खेलहरु विधालय परिसर र फुटसल मा समेत संचालन गरिने र विभिन्न २० प्रकारका विधामा ५२ ईभेन्ट्स हुने प्रिन्सिपल समिर बास्तोलाले वताए।

प्रत्येक वर्ष गरिदै आएको यो प्रकारको खेल सप्ताह कोभिड प्रभावका कारण १ वर्ष रोकिएकोमा यो साल १५औं संस्करण हुन गइरहेको छ।

सके सम्म समुह खेल लाइ आधार मानि सोही प्रकारका धेरै खेलहरु समावेस गरि संचालन गर्न लागिएको समेत प्रिन्सिपल बास्तोलाले वताए। खेल सप्ताहका लागी केही अगाडी देखी ने धेरै अभ्यास खेल संचालन गरेको विधालयको खेल सप्ताह वृहत रुपले सनिवार सम्म संचालन हुनेछ।

यस पटक अभिभावक का लागी समेत सुक्रवार र सनिवार केही खेल प्रतियोगीताहरु राखिएको छ।

यस सप्ताहमा विभिन्न विधामा प्रथम, दितिय र तृतिय हुने विध्यार्थी तथा सदनलाई एक विशेस कार्यक्रम गरि पदक प्रमाणपत्र र ट्रफी वितरण गरिने समेत आयोजकले बताएको छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता मुरारी प्र भण्डारीले गरेका थिए भने प्रिन्सिपल बास्तोलाको धन्यवाद ज्ञापनको साथ कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्