
काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाको मालपोत रजिस्ट्रेसन कर अनुमान भन्दा निकै कम उठेको छ । आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिकाले अनुमान गरेको मालपोत कर धेरै कम उठेको छ ।
बुढानिलकण्ठ नगरपालिकाको ११ औ नगर सभामा प्रस्तुत गरिएको संसोधित बजेट प्रस्ताव तथा अर्ध वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिए अनुसार नगरपालिकाले अनुमान गरेको ५१ करोड २३ लाख ५५ हजार भन्दा निकै कम १५ करोड १९ लाख ९ सय ६३ मात्र मालपोत कर संकलन गरेको छ ।
नगरपालिकाको राजस्व संकलनको मुख्य श्रोत मालपोत कर घटेको भन्दै सो नगर सभामा अनुसूची–३ बमोजित बजेट घटाई संसोधन गर्न प्रस्ताव समेत गरिएको छ । सो प्रस्तावको अनुसूची–३ मा उल्लेख गरिए अनुसार पुजीगत तर्फ १० र चालु तर्फ ३ योजनाको बजेट घटाईएको छ ।





