बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी



काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक बसेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि सत्ता साझेदार दलको बैठक आह्वान गरिएको हो ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्