मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु



काठमाडौँ । बारा जिल्लाको गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

बारा प्रहरीका अनुसार सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो । सो दुर्घटनामा परेर बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्