नवौ तारेभिर पर्यटन महोत्सव सम्पन्न



काठमाडौँ । नवौ तारेभिर पर्यटन महोत्सव सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा आयोजना गरिएको सो पर्यटन महोत्सव दुई दिन चल्ने भनिएपनि जहाज दुर्घटनाका कारण एक दिन माघ १ गते मात्र गरिएको थियो।

नेपाल सरकारका मन्त्रि दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त महोत्सवमा चेतन सापकोटा ,नवराज घोरासैनी ,सुर्यमणि आचार्य ,कल्पना दाहाल लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष तथा महोत्सव मूल व्यवस्थापन समितिका संयोजक मुरारी प्रसाद कुइकेको अध्यक्षतामा भएको सो महोत्सवमा निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण राई, निवर्तमान प्रदेस सभा सदस्य रामेश्वर फुँयाल,गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसल ,उपप्रमुख सान्नानी लामा ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा सहित विभिन्न वडाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्