प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छेन् सोङ्गबीच भेटवार्ता



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् ।

सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेका हुन् । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे संवाद भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

राजदूत सोङ्गले प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई र नयाँ वर्षको शुभकामना सन्देश पनि हस्तान्तरण गरेकका थिए ।

प्रतिक्रिया दिनुहोस्