सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित



कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सभामुखको निर्वाचनका लागि आज बस्ने बैठक स्थगित भएको छ ।

सरकारले आज राष्ट्रिय शोक बिदा तथा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएकोले प्रदेश सभा बैठक स्थगित गरिएको हो ।

आज बस्ने भनिएको प्रदेश सभा बैठक भोलि बिहान १० बजे बस्ने सर्वदलिय बैठकबाट आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

भोलि बस्ने प्रदेश सभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने छ । कांग्रेसबाट मानबहादुर रावल र नेकपा(माओवादी केन्द्र)बाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्