बुढानिलकण्ठ–११ मा ग्राम शिक्षा स्काउट कृयुले गरे सरसफाई



काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ग्राम शिक्षा स्काउट कृयुको सरसफाई कार्यक्रम आयोजना गरिएको छ। पुस ३० गते शनिवार वडा नं ११ को कृष्णमन्दिरबाट सुरु भएको सरसफाई कार्यक्रम विभिन्न स्थानहरुमा संचालन गरिएको थियो ।

मानवीय सेवामा विभिन्न गतिविधिहरु गर्दै आएको बुढानिलकण्ठ नगर स्काउट समिति अन्तर्गत रहेको ग्राम शिक्षा स्काउट कृयुका सदस्यहरु ,स्वयंसेवीहरु सहित स्थानीयहरुको सहभागिता रहेको सो सरसफाई कार्यक्रम संगै सचेतना मुलक संदेशहरु पन प्रवाह गरिएको थियो ।

कोरोना प्रकोप र अन्य सार्वजनिक कार्यक्रमहरुमा स्वयंसेवकका रुपमा योगदान पुर्याउदै आएका स्काउट सदस्यहरुले अवका दिनमा स्थानीय स्तरमा पनि विभिन्न रचनात्मक अभियानहरु संचालन गर्ने तयारी गरेको बुढानिलकण्ठ नगर स्काउटका संयोजक गंगा महर्जनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्