गोकर्णेश्वर नगरपालिकाको दशौँ नगर सभा सम्पन्न



काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको दशौँ नगर सभा सम्पन्न भएको छ। शुक्रबार गोकर्णेश्वर नगरपालिकाको गोकर्ण फरेस्ट रिसोर्टमा भएको उक्त नगर सभाको उद्घाटन सत्रको अध्यक्षता नगर प्रमुख दिपक कुमार रिसालले गरेका थिए ।

सभामा नगर उप प्रमुख सान्नानी लामा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, वडा अध्यक्षहरु नगर सभा सदस्यहरु, नगरका बिभिन्न शाखा प्रमुख सहित कर्मचारीहरुको उपस्थिति रहेको उक्त नगर सभा संचालन प्रशासन प्रमुख भुपेन्द्र बोहोराले गरेका थिए ।

नगर प्रमुख दिपक कुमार रिसालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेको सभामा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले नगरपालिकाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। उनले आर्थिक वर्ष २०७९/८०को मङ्सिर मसान्त सम्ममा वादागत रुपमा राजस्व प्राप्तिको अवस्था बारेमा जानकरी गराएको थिए। नगरपालिकाको राजस्व बार्षिक लक्ष्य ७३,००,०० ,०००,०० रहेको जानकारी गराउदै मङ्सिर मसान्त सम्म १८,३१,७९,०८७.५ रहेको जानकारी गराएका थिए ।

आर्थिक वर्ष २०७९/८०को ठेक्का बिवरण प्रस्तुत गर्दै जम्मा १६ वटा योजना रहेकोमा ३ वटा योजना सम्पन्न भएको र १३ वटा योजना सम्झौता भई संचालनमा रहेको जानकारी गराए। उनले आर्थिक वर्ष २०७९/८०को आयोजनाको ठेक्का बिवरण समेत प्रस्तुत गरेका थिए ।उनले सम्झौता भइकार्य संचालनमा ५ वटा आयोजना रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्