सुनिल र रोनिशालाई स्वर्ण



ललितपुर । चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको मुख्य इभेन्ट्स मेन्स र लेडिज सिंगल्स दुबैमा वडा नम्वर १२ विजेता भएका छन्।

शनिवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन भएको मेन्स सिंगल्समासुनिल महर्जनले वडा ७ का डिकेन महर्जनलाई ४१ को सेटमा पराजित गरे।

त्यस्तै लेडिज लेडिज सिंगल्समा वडा १२ की रोनिसा महर्जनले वडा नम्वर ८ की सुरम्या शाक्यलाई ४–१ ले पराजित गर्दै स्वर्ण पदक जितिन्।

यो नतिजा संगै ललितपुर वडा नम्वर १२ ले कुल ५ स्वर्ण र ४ काश्य जित्दै टिम च्याम्पियन बनेको छ। त्यस्तै वडा नम्वर १९ ले २ स्वर्ण र १ काश्य जितेर दोस्रो स्थान हात पारे भने १ स्वर्ण, २ रजत र ३ काश्य जितेर वडा नम्वर १६ ले तेस्रो स्थान हात पारे।

शनिवार नै सम्पन्न १६ वर्ष मूनीको गर्ल्स फाइनलमा राष्ट्रिय खेलाडी इभाना थापाले स्वर्ण पदक जितेकी छिन्।

वडा १२ की थापाले प्रतिद्धन्दी वडा नम्वर १६ की अंकिता बज्राचार्यलाई ४(० को सोझो सेटमा पराजित गरिन्।

ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हस्खा द्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत शनिवार भएको यु(१६ ब्वाइजमा वडा नम्वर १३ का आयुष भारतीले स्वर्ण जिते।

उनले वडा ७ का एलेन महर्जनलाई ४–१ को सेटमा हराएका हुन्।

त्यस्तै ४० वर्ष माथीको भेट्रान पुरुषको फाइनलमा वडा नम्वर १९ का निकेनमान प्रधानले वडा नम्वर १८ का ठाकुर थापालाई ४– ० ले पराजित गरे भने ५० वर्ष माथीको भेट्रान्समा वडा ११ का राजेन्द्र बज्राचार्यले वडा २० का सुरेश बज्राचार्य ४–० ले हराएर स्वर्ण जिते।

त्यस्तै मेन्स टिम इभेन्ट्समा वडा नम्वर १२ ले वडा नम्वर ७ लाई हराएर टिम च्याम्पियन बनेको छ। कुल ६ दिनसम्म संचालन भएको प्रतियोगितामा ५ सय भन्दा वढी खेलाडिहरुको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्