
पोखरा । यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव गण्डकी अस्पतालमा सनाखत गर्न थालिएको छ ।
विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्याएको छ ।





