यो कार्याकालमा भाषण कम र काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् ।

शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।

आफ्नो कार्यकाललाई यो पटक ठूलो परीक्षाको रुपमा लिएको समेत प्रधानमन्त्री दाहालले बताए । ‘लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन,’ प्रधानमन्त्री दाहालले भने ‘आफ्नो कार्यकाललाई यो पटक ठूलो परिक्षाको रुपमा लिएको छु । भाषण कम गर्छु धेरै राम्रो काम गरेर देखाउँछु ।’

यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको तर पार्टीहरुको सम्भावना अझै बाँकी छ है भनेर केही खबरदारी गरेको जस्तो देखिएको पनि प्रधानमन्त्री दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्