काठमाडौं सहकारी संघमा कपन क्षेत्रबाट कस्ले मार्ला बाजी ?



काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड संघ (कास्कून) को २०७९ पुस ३० गते हुन गईरहेको निर्वाचनमा कपन क्षेत्रबाट विभिन्न पदको लागि उम्मेद्वारी दर्ता गराएका छन् ।

अध्यक्षमा वर्तमान अध्यक्ष दीपक पनेरु प्यानलबाट सदस्यमा मुरारी प्रसाद भण्डारी, बेदुकाजी घिमिरे र लेखा समिति सदस्य तपन पोखरलले उम्मे्दवारी दिएका छन् ।

सदस्यमा उम्मेद्वारी दिएका भण्डारी शिक्षा क्षेत्रमा समेत सक्रिय छन् भने बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित टेक्सास बचत तथा ऋण सहकारी लिमिटेडका व्यवस्थापक समेत हुन् ।

अध्यक्षका प्रत्यासी नवराज अर्यालको प्यानलबाट सचिवमा पुरुषोत्तम नेपालले उम्मेद्वारी दिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ का निवर्तमान वडा सदस्य समेत रहेका नेपाल बूढानीलकण्ठ १० स्थित सप्तदेव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् ।

यो पनि पढ्नुहोस् :

काठमाडौं सहकारी संघमा प्यानलसहित निर्वाचन हुँदै, कस्ले मार्ला बाजी ?

प्रतिक्रिया दिनुहोस्