काठमाडौं सहकारी संघमा प्यानलसहित निर्वाचन हुँदै, कस्ले मार्ला बाजी ?



काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड संघ (कास्कून) को २०७९ पुस ३० गते हुन गईरहेको निर्वाचनमा अध्यक्षमा वर्तमान अध्यक्ष दीपक पनेरु र उपाध्यक्ष नवराज अर्याल विच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचनमा दीपक पनेरु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा शालिकराम पुडासैनी, महिला उपाध्यक्ष बिनिता अधिकारी, महासचिवमा बिरेन्द्र भण्डारी, सचिवमा लेमन श्रेष्ठ र कोषाध्यक्ष देवनारायण चौलागाईले उम्मेदवारी दिएका छन् । त्यसैगरी सदस्यहरुमा मुरारीप्रसाद भण्डारी, गोवद्र्धन केसी, राजकुमार लामा, रामेश्वर श्रेष्ठ, मनोज घिमिरे, शेखर श्रेष्ठ, जयराम तिमिल्सिना, श्याम श्रेष्ठ र मिरा महर्जन रहेका  छन् भने लेखा समितिको संयोजकमा गोमा ढुङ्गाना तथा सदस्यहरुमा तपन पोखरेल र बाबुराम आचार्यले उम्मेदवारी दिएका छन् ।

नवराज अर्याल प्यानलबाट बरिष्ठ उपाध्यक्षमा निरञ्जन सेढाइ, महिला उपाध्यक्ष रिता श्रेष्ठ, महासचिवमा सीमा पुरी, सचिवमा पुरुषोत्तम नेपाल, कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । त्यसैगरी सदस्यमा राजेश कुमार श्रेष्ठ, खिलनाथ सिग्देल, अनन्त केसी, पुष्कर सापकोटा, रोशनबाबु श्रेष्ठ, दामोदर लम्साल, कृष्णप्रसाद आचार्य, श्रीराम केसी र मनबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । लेखा संयोजकमा अनिता थापा अधिकारी र सदस्यमा पुण्यप्रसाद सापकोटा, दामोदर पौडेलको उम्मेदवारी दिएका छन ।

कास्कुनमा अध्यक्ष सहित १५ सदस्यीय संचालक समिति तथा तीन सदस्यीय लेखा समिति रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्