४१ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ ।

बिहीबार दोस्रो बजारमा २५२ कम्पनीको सेयर कारोबारमा आउँदा १८४ कम्पनीको सेयर मूल्य घट्यो भने २१ कम्पनीको मूल्य बढेको र एक कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बिहीबार ८३ हजार ११३ कारोबार मार्फत एक करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्