लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लिए सपथ



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई सपथ गराएका हुन् ।

बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कार्यक्रममा सपथ लिएका हुन् ।

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइएपनि प्रदेश प्रमुख शेरचन सपथ खुवाउन आज बिहानै देउखुरी हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्