सभापति देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बोलाएका छन् ।

बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्