प्रदेश–१ को सभामुखमा बाबुराम गौतम निर्वाचित



विराटनगर । प्रदेश–१ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । गौतमको मात्र उमेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा जेष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

गौतम ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । उपसभामुखको निर्वाचन पुस ३० गते हुंदैछ ।

प्रतिक्रिया दिनुहोस्