काठमाडौं आइपुगीन् मलाइका अरोरा



काठमाडौं । बलिउड अभिनेत्री, फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् ।

मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी थिइन् । जहाँ उनले संक्षिप्त मिडिया वार्तालाप समेत गरिन् । स्टाइलिस पहिरनमा आइपुगेकी मलाइका सेतो विन्टर ज्याकेट र कालो चस्मामा हट देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्