आज सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन हुँदै



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन आज हुँदै छ ।

बुधबार भएको मनोनयन दर्तामा सत्ता गठबन्धन र विपक्षी दलले उमेदवारी दर्ता गराएका थिए । कांग्रेसबाट प्रदेश सांसद मानबहादुर रावल र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारीले सभामुखका लागि मनोनयन दर्ता गरेका छन् ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) र सुदूरपश्चिम प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम (७) बमोजिम आज दिउँसो १ बजे निर्वाचन गरिने प्रदेश सभा सचिवाललयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्