विश्वासको मत पाएपछि ढुक्क भए : प्रचण्ड



गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएपछि ढुक्क भएको बताएका छन् ।

गोरखा महोत्सवको उद्घाटन गर्दै उनले आफूले सोचेजस्तै विश्वासको मत पाएको बताएका हुन् ।

‘कतै राजनीतिक दलबीच बिभाजन भयो, उनीहरुबीच प्रतिबद्धता र विश्वासमा एकरुपता आएन भने अप्ठ्यारो पो हुने हो कि भनेर हिजोसम्म मलाई अलिकति चिन्ता थियो’ उनले भने ।

उनले राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा काम गर्न आफूले पाएको अवसर चुनौतीपूर्ण समेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्