राष्ट्रिय भलिबल खेलाडी रेश्मा सम्मानित



काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो आठौं स्मृति दिवसमा मंगलबार सम्मान गरेको छ ।

राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई नगदसहित सम्मान गरेको हो ।

प्रतिष्ठानले भलिबल खेलाडी रेश्मालाई नगद १५ हजार १ रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान ग¥यो । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रजत जित्दा तथा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो संस्करणमा नेपालले स्वर्ण जित्दा रेश्मा टोलीकी सदस्य थिइन् ।

प्रतिष्ठानले भलिबल खेलाडी भण्डारीसंगै विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गर्ने क्रममा पत्रकारितातर्फ द राइजिङ नेपालकी मञ्जिमा ढकाल, कलाकारतर्फ सितारवादक सीतामैया राजवललाई सम्मान ग¥यो । दुवैलाई जनही १५ हजार १ रुपैयाँ प्रशंसा पत्र प्रदान गरियो । त्यस्तै जेष्ठ नागरिकतर्फ चन्द्रागिरी नगरपालिकाकी जनमाया महर्जन र पम्पादेवी कटुवाललाई प्रतिष्ठानले नगद १५ हजार १ रुपैयाँ र प्रशंसा पत्र प्रदान गर्दै सम्मान ग¥यो ।

संस्थातर्फ रेनुका दुलाल स्मरण प्रतिष्ठानका अध्यक्ष चन्द्र दुलाल सम्मानित भएका थिए । प्रतिष्ठानले दुलाललाई सामाजिक क्षेत्रमा पु¥याएको विशेष योगदानका लागि नगद १ लाख १ रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । उनहीहरुलाई माइती नेपालकी अध्यक्ष सीएनएन हिरो अनुराधा कोइराला, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, प्रदेश सांसद् रामकृष्ण चित्रकार, प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीलगायतले नगद, प्रशंसा पत्र प्रदान गरे । सो अवसरमा आमाको महिमाको वारेमा गीत र कविता पनि पाठ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्