प्रधानमन्त्री प्रचण्डसँग गण्डकीका मुख्यमन्त्रीको भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् ।

आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकार्काबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मंगलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए ।

अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्