प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५२ बमोजिम प्रस्ताव गरेका हुन् ।

उनले देश संकटमा रहेको बताए । उनले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्याउन पनि राष्ट्रिय सहमति आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्