काँग्रेसले सरकारलाई विश्वासको मत दिने



काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको बैठकमा सुनाइने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्