
काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ ।
उद्धार भएकामध्ये ६ जना भोलि मंगलबार स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।
दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि मंगलबार र ७ जना शुक्रबार नेपाल फर्कने भएका छन् ।
मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





