तेस्रो कार्यकालका लागि सिद्धेश्वर समाजको अध्यक्षमा उद्धव भट्टराई र महासचिवमा शान्ति तिवारी निर्वाचित



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित सिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजको अध्यक्षमा तेस्रो पटक उद्धव प्रसाद भट्टराईको र महासचिवमा शान्ति तिवारी लुईटेल निर्वाचित भएका छन् ।

निर्वाचन कमिटीका संयोजक लक्ष्मीप्रसाद संग्रौलाको संयोजनमा गठित ३ सदस्यीय कमिटीद्वारा गरिएको निर्वाचनमा भट्टराई र लुईटेल तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

नवनिर्वाचित उद्धवप्रसाद भट्टराईको अध्यक्षतामा गठित १५ सदस्यीय नयाँ कार्यसमितिको नामावली :

अध्यक्ष : उद्धव प्रसाद भट्टराई

उपाध्यक्षहरु
माधव प्रसाद पौडेल
श्याम कुमार पोखरेल
निलम जोशी

महासचिव : शान्ति तिवारी लुईटेल

सचिव : बैकुण्ठ अधिकारी

कोषाध्यक्ष :  मोहन थापा

सदस्यहरु
बबि जोशी
कविराज पराजुली
राजेश दाहाल
सीताराम थापा
दीपक अधिकारी
ईन्दिरा थपलिया
कल्पना खरेल
राम बहादुर थापा

नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी लगायत धर्ममा आस्था राख्ने स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

कलाकारिता र समाजसेवाका पर्याय उत्कृष्ट चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस्